Tour Info:
Operation Head:
+9779810650405 (Whatsapp/Viber)
कैलास मानसरोवर — कैलास मानसरोवर हिन्दु, बौद्ध, जैन र बोन धर्मका अनुयायीहरूका लागि अत्यन्त पवित्र धार्मिक स्थल मानिन्छ। यस क्षेत्रभित्र रहेको कैलास पर्वत र मानसरोवर ताललाई धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले विश्वकै महत्वपूर्ण तीर्थस्थलहरूमा एक मानिन्छ।
हिन्दू, बौद्ध, जैन र बोन धर्मका अनुयायीहरूको लागि अत्यन्त पवित्र तीर्थस्थल मानिने कैलास मानसरोवर यात्रा तपाईंको जीवनको एक विशेष अध्याय बन्न सक्छ। यो यात्रा केवल शारीरिक भ्रमण मात्र होइन, आत्मा र मनको शुद्धिकरण गर्ने एक अनुपम अवसर हो।
कल्पवृक्ष नजिक रहेको मानसरोवर ताललाई पवित्र जलको भण्डार मानिन्छ, जहाँ स्नान गर्दा पापबाट मुक्ति मिल्ने विश्वास छ। यो ताल भगवान ब्रह्माले भगिरथको तपस्याबाट उत्पन्न गर्नुभएको मानिन्छ।
कैलास मानसरोवर यात्रा तपाईंको जीवनको एक विशेष अध्याय बन्न सक्छ। यो यात्रा केवल शारीरिक भ्रमण मात्र होइन, आत्मा र मनको शुद्धिकरण गर्ने एक अनुपम अवसर हो।
हिमालयन सोशल जर्नी को अनुभवी टिमसँग यात्रामा निस्कँदा तपाईंको सुरक्षा, सहजता र आध्यात्मिक अनुभव सुनिश्चित हुन्छ। हामी तपाईंलाई काठमाडौंदेखि कैलास पर्वत र मानसरोवर तालसम्मको सम्पूर्ण यात्रा व्यवस्थित रूपमा गराउँछौं — यात्राको प्रत्येक पाइलामा तपाईंको साथ र सहारा बन्ने वाचा गर्दै
हामी तपाईलै तपाइको आफ्नो घर बाट पिक गरेर यात्रा सुरु गर्नेछौं। टोखा, शिवपुरी, नुवाकोट हुँदै बिहानको १०-११ बजे बत्रसुली, बेत्राबती बजारमा पुगेर खाना खानेछौ । केही समयको बिश्रामपछि बेत्राबती कार्लका स्थान हुँदै लाङटाङ राष्ट्रिय उद्यानको क्षेत्रमा—धुन्चे बजारतर्फ जाँदै, सुन्दर रमणीय हिमाल, पहाड र प्राकृतिक सौन्दर्यलाई आँखामा सजाउँदै, भोटेकोसी नदीको किनारै किनार हटमुरे/घट्टे खोला पुग्नेछौं।
Overnight
गेस्ट हाउस
Meal
दिउँसोको खाना / रातिको खाना
बिहानको ताजा हावामा नास्ता सकेपछि दोस्रो दिनको यात्रा सुरु हुन्छ। टिमुरेबाट झण्डै १०–१५ मिनेटको पैदल यात्रा पश्चात नेपाल–चीन (तिब्बत) सीमामा पुगिन्छ। नेपाली पक्षको अध्यागमन प्रक्रिया सम्पन्न गरेपछि चीनको सिमानामा प्रवेश गरिन्छ, जहाँ करिब १–२ घण्टा चीन अध्यागमन (इमिग्रेशन) प्रक्रिया पूरा गर्न लाग्न सक्छ।
प्रवेश प्रक्रियापछि चीनतर्फका गाइडहरूले परम्परागत स्वागतस्वरूप खादा माला लगाएर स्वागत गर्छन्। त्यसपछि आरामदायी बसमा बसेर केरुङतर्फको यात्रा अघि बढ्छ। यात्राका क्रममा धूपी र सल्लाको हरियो जङ्गल पार गर्दै, हिमालको मनोरम दृश्य अवलोकन गर्दै कयौं घुम्तीहरू पार गरिन्छ।
लगभग १ घण्टाको रमाइलो ड्राइभपछि हामी हिमालको काखमा अवस्थित सुन्दर सहर केरुङ पुग्छौं। केरुङ समुद्री सतहबाट करिब २७०० मिटरको उचाइमा अवस्थित छ, जहाँ पुगेर हामी मध्यान्हको खाना (लञ्च) लिन्छौं।
खानापछि केही समय विश्राम गरिनेछ। साँझपख हामी केरुङ सहरको स्थानीयरूपमा चर्चित मन्दिरहरू, बजार क्षेत्र र स्थानीय सांस्कृतिक स्थानहरूको अवलोकन भ्रमणमा निस्कन्छौं।
दोस्रो दिनको रात केरुङस्थित स्ट्यान्डर्ड होटल मा विश्राम गरेर, शरीरलाई उचाइसँग अभ्यस्त गराउँदै भोलिको यात्राको तयारी गरिनेछ।
Include |
---|
Exclude |
---|
Himalayan Social Journey has come up with exclusive packages based on travelers' budgets in Nepal, India, Tibet, and Bhutan with the slogan," Ecstasy is within you, safety the first."
House No 244, Buddha Tole Marg, Kumari Club, Shorakhutte
[email protected]
+977-01-4952211, +977-9865452271(Whats app)